वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
हेल्थ टिभी अनलाइन : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय अभियानका रुपमा वर्षको दुईपटक सञ्चालन हुने यस कार्यक्रममा वैशाख महिनालाई भने खोप महिनाका रुपमा लिंदै छुटेका खोप पनि दिने गरिन्छ । राष्ट्रिय खोप कार्यक्रमले हरेक वैशाख महिनामा खोज र खोप नीति अवलम्बन गरी नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोजेर छुट खोप दिएर पूर्णखोप सुनिश्चित गर्ने अवसरका रुपमा हेर्ने गरेको छ ।
गत वैशाख महिनाको यो अभियानमा ४० हजार ४६३ जना खोप लगाउन छुटेका बालबालिकालाई खोप दिइएको परिवार कल्याण महाशाखाले जनाएको छ । नजिकैको स्वास्थ्य संस्थामार्फत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउन तथा छुटेको खोप लगाउन परिवार कल्याण महाशाखाले सबैलाई आग्रह समेत गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण