क्यान्सर सर्भाइभर्सले नाचगान गर्दै मनाए नयाँ वर्ष
हेल्थ टिभी अनलाइन : क्यान्सर सर्भाइभर्सले नाचगान गर्दै नयाँ वर्ष २०८१ लाई स्वागत गरेका छन्।
नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको समन्वयमा आयोजना भएको कार्यक्रममा उनीहरुले एक आपसमा खुशी साटासाट गर्दै नयाँ वर्ष मनाएका हुन्।
क्यान्सरलाई जितेर स्वस्थ जीवनयापन गरिरहेका उनीहरुले आ आफनो प्रतिभा देखाएका थिए । क्यान्सर लाग्दैमा जीवन सकिंदैन भन्ने सन्देश दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका उनीहरुले यसपटक भने ४६ औं क्यान्सर सर्भाइभर मिटका रुपमा आ आफूमा भएको प्रतिभा देखाएर नयाँ वर्षमा अझ उमंग थप्ने जमर्को गरेका छन् । यसमा क्यान्सर विशेषज्ञ, सपोर्ट ग्रुपका पदाधिकारी तथा अस्पतालका कर्मचारीले उनीहरुलाई साथ दिएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण