नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला एनएबीएलबाट आईएसओ प्रमाणीकरण
हेल्थ टिभी अनलाइन : नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौं प्रयोगशाला एनएबीएल आईएसओ १५१८९: २०१२ बाट प्रमाणीकरण भएका छन् । हालै मात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज एनएबीएल बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो ।
एनएबीएलले आईएसओ १५१८९: २०१२ को अनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धता प्रमाणीकरण सेवा प्रदान गर्दछ । ‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’ एक्रिडिटेसन प्रयोगशालाले गर्ने जाँचको गुणस्तर प्रमाणीकरण हो ।
‘एक्रिडिटेसन भनेको यो ल्याबको सबै प्रक्रियाहरु ठीक छ र यसले गर्ने सबै परीक्षणहरु गुणस्तरीय छन् भन्ने सुनिश्चितता हो,’ उनले भने, ‘यो गुणस्तरीय रिपोर्टको प्रमाणीकरण हो ।’ उनकाअनुसार अब गुणस्तरका लागि ढुक्क भएर सेवाग्राहीले एनपीएलमा परीक्षण गराउन सक्नेछन् । साथै, अब यस ल्याबमा गरिएका परीक्षणहरु अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य हुनेछन् । यससँगै नेपालकै ठूलो प्रयोगशाला चेन रहेको एनपीएल दुई वटा प्रयोगशालाहरु एक्रिडिटेसन गर्ने पहिलो भएको जाेशीकाे दाबी छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’