नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला एनएबीएलबाट आईएसओ प्रमाणीकरण
हेल्थ टिभी अनलाइन : नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौं प्रयोगशाला एनएबीएल आईएसओ १५१८९: २०१२ बाट प्रमाणीकरण भएका छन् । हालै मात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज एनएबीएल बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो ।
एनएबीएलले आईएसओ १५१८९: २०१२ को अनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धता प्रमाणीकरण सेवा प्रदान गर्दछ । ‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’ एक्रिडिटेसन प्रयोगशालाले गर्ने जाँचको गुणस्तर प्रमाणीकरण हो ।
‘एक्रिडिटेसन भनेको यो ल्याबको सबै प्रक्रियाहरु ठीक छ र यसले गर्ने सबै परीक्षणहरु गुणस्तरीय छन् भन्ने सुनिश्चितता हो,’ उनले भने, ‘यो गुणस्तरीय रिपोर्टको प्रमाणीकरण हो ।’ उनकाअनुसार अब गुणस्तरका लागि ढुक्क भएर सेवाग्राहीले एनपीएलमा परीक्षण गराउन सक्नेछन् । साथै, अब यस ल्याबमा गरिएका परीक्षणहरु अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य हुनेछन् । यससँगै नेपालकै ठूलो प्रयोगशाला चेन रहेको एनपीएल दुई वटा प्रयोगशालाहरु एक्रिडिटेसन गर्ने पहिलो भएको जाेशीकाे दाबी छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना