८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफनो मिर्गौला

हेल्थ टिभी अनलाइन : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मिर्गौला दान भएको छ । ८१ वर्षीय हजुरबुवाले आफ्नो स्वास्थ्यको पनि ख्याल नगरेर २१ वर्षीय नातिनीलाई मिर्गौला दान गरेर बचाएका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा यही मिति २०८०।१२।१९ गते सोमबार उक्त मिर्गौला प्रत्यारोपण भएको हो ।
यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाईन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । साथै प्रत्यारोपण पश्चात् अंगदाता ८१ बर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातिनी छैठौं दिनमा सकुशल डिस्चार्ज भइसकेको पनि उनले जानकारी दिए ।
१२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने