सरकारी सेवामा आवद्ध नर्सहरुको संघले मनायो तेस्रो स्थापना दिवस
हेल्थ टिभी अनलाइन : सरकारी सेवामा आवद्ध नर्सहरुको संस्था गर्भमेन्ट नर्सेस एशोसिएशन अफ नेपाल (गोनान) ले आफनो संस्थाको तेस्रो स्थापना दिवस मनाएको छ ।
आइतबार वीर अस्पतालमा एक कार्यक्रमको आयोजना गरी ‘गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न अनुकुल वातावरण’ भन्ने नाराका साथ स्थापना दिवस मनाइएको हो । कार्यक्रममा सरकारी नर्सहरुले सरुवा बढुवा लगायतका विषयमा धेरै नै समस्याहरु भोग्नु परेको गुनासो नर्सहरुले गरेका थिए ।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतले नर्सहरुलाई पनि विशिष्टीकृत पढाईहरु आवश्यक भएको र त्यसतर्फ उनीहरुलाई अब विशेषज्ञ नर्स बनाउनतर्फ लाग्नुपर्ने बताएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण