नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा अवार्डका लागि दरखास्त आव्हान
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष विभिन्न विधामा दिँदै आएको अवार्डका लागि यस वर्ष पनि दरखास्त आव्हान गरेको छ।
परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी अप्रिल १० देखि १२ गते आयोजना हुने दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा उक्त अवार्ड वितरण गर्नेछ ।
हेल्थ रिसर्च अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड (चिकित्सक तर्फ), मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टार्फ तर्फ) का लागि दरखास्त आव्हान गरिएको हो । यसका लागि इच्छुक र योग्यता पुगेका अनुसन्धानकर्ताले यही चैत १६ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
परिषद्ले हरेक वर्ष आफ्नो स्थापनाको दिन पारेर राष्ट्रिय सम्मेलन गर्दै आएको छ भने सोही सम्मेलनमा अनुसन्धानकर्ताको हौसला बढाउन अवार्ड पनि दिने गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण