नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा अवार्डका लागि दरखास्त आव्हान
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष विभिन्न विधामा दिँदै आएको अवार्डका लागि यस वर्ष पनि दरखास्त आव्हान गरेको छ।
परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी अप्रिल १० देखि १२ गते आयोजना हुने दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा उक्त अवार्ड वितरण गर्नेछ ।
हेल्थ रिसर्च अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड (चिकित्सक तर्फ), मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टार्फ तर्फ) का लागि दरखास्त आव्हान गरिएको हो । यसका लागि इच्छुक र योग्यता पुगेका अनुसन्धानकर्ताले यही चैत १६ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
परिषद्ले हरेक वर्ष आफ्नो स्थापनाको दिन पारेर राष्ट्रिय सम्मेलन गर्दै आएको छ भने सोही सम्मेलनमा अनुसन्धानकर्ताको हौसला बढाउन अवार्ड पनि दिने गरेको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र