इटहरीमा अटिजम सम्बन्धी सहजीकरण तालिम
हेल्थ टिभी अनलाइन : सुनसरीको इटहरीमा अटिजम भएका बालबालिकाका अभिभावक तथा शिक्षकका लागी सहजीकरण तालिम सम्पन्न भएको छ ।
अटिजमबारे जनचेतना जगाउन तथा समस्याको समाधान खोज्न इटहरी उपमहानगरपालिकाको आयोजना तथा सेतो गुराँस नमुना बालबाटिका आधारभुत विद्यालयको संयोजनमा वडा नं ६ को दुर्गा पार्टी प्यालेसमा यही चैत २ र ३ गते कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको उदघाटन उपमहानगरकी शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रतिनिधी उमा दाहालले गरेकी थिइन ।
दुई दिने तालिममा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहाका ११० जना भन्दा बढी अटिजम भएका बालबालिकाका अभिभावकको उपस्थिती रहेको थियो । उक्त तालिममा विश्वव्यापी समस्या बन्दै गएको अटिजमलाई कसरी सहज बनाउने, कसरी शिक्षण सुधार गर्ने, के कस्ता थेरापीहरु गराउने भन्ने विषयमा नियो चाइल्ड क्लिनिक भक्तपुरका प्रशिक्षकद्धय समिद कतिला श्रेष्ठ र अंकित भट्टराइले प्रयोगात्मक प्रस्तुती दिएका थिए ।
उक्त कार्यक्रममा इटहरी उपमहानगरका वडा न. ९ का वडाध्यक्ष जितेन्द्र थापाले अटिजम सम्बन्धी समस्या भएका बालबालिकालाई आवश्यक सहयोग गर्ने, थेरापी कक्षाहरु सन्चालन गर्ने, नियमित तालिम गराउने प्रतिवद्धता व्यक्त गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण