मिर्गौला दिवसमा मैत्रीपूर्ण फुटबल, अंग प्रत्यारोपित तथा अंगदाताको टिम विजयी

हेल्थ टिभी अनलाइन : विश्व मिर्गौला दिवसमा आयोजित १४ औं नेपाल प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित तथा अंगदाताको टिमसँग चिकित्सक र स्वास्थ्यकर्मीको टिम ४ \१ ले पराजित भएको छ। आज दशरथ रंगशालामा मिर्गौला प्रत्यारोपित र अंगदाताको टिमसँग चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी सम्मिलित मैत्रीपूर्ण फूटबल टिम पराजित भएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको टिममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सांसदहरु रन्जु झा र डा तोसिमा कार्की, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंह, न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेत, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठ, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्ले लगायत रहेका थिए भने अर्को टिममा मिर्गौला प्रत्यारोपण गरेका र मिर्गौला दान गरेका दाताहरु रहेका थिए ।
यो खेल प्रत्येक वर्ष खेलाउने गरिएको र यसको एउटै मात्र उद्धेस्य अंगदान गर्ने र प्रत्यारोपण गर्नेहरु पनि हरेक गतिविधि गर्न सक्षम छन् भन्दै जनचेतना जगाउने रहेको केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, मिर्गौला वा अन्य अंग प्रत्यारोपण पछि पनि अन्य व्यक्ति सरह स्वस्थ जीवन यापन गर्दै हरेक क्रियाकलाप गर्न सकिन्छ । प्रत्यारोपण गर्दैमा अब केही गर्न सकिंदैन भन्ने हुँदैन् बरु अन्य व्यक्ति भन्दा बढी सजग हुने हुँदा अझ बढी स्वस्थ रहने डा श्रेष्ठको भनाई छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा