विविध कार्यक्रम गर्दै विश्व मिर्गौला दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन : नेपालमा विविध कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउन लागिएको छ । हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहिवार मिर्गौला दिवस मनाउने गरिन्छ । यस बर्षको नारा मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास भन्ने रहेको छ ।
विश्वभरी नै मिर्गौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिन्छ ।
विभिन्न संस्थाबाट विभिन्न कार्यक्रम सहित हुँदै आएको कार्यक्रम यस पटक भने अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको हो ।
यसै क्रम अन्र्तगत यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेपाल सोसाइटी अफ नेफ्रोलोजी नेपाल एशोसिएसन अफ युरोलोजिक सर्जन्स अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरुको संयुक्त आयोजनामा यो कार्यक्रम हुन गइरहेको छ ।
चैत्र १ गते विहिवार बिहान ७ः४५ वजे देखि रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको शुरुवात तथा दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरु बीच मैत्रीपूर्ण फूटबल खेल आयोजना हुने भएको छ । ततपश्चात विहान ९ बजे देखि ९ः३० सम्म विश्व मृर्गौला दिवस सम्बन्धि औपचारिक कार्यक्रमको आयोजना हुने कुरा आयोजक कमिटिले बताएको छ । उक्त कार्यक्रमको संरक्षक डा.पुकार चन्द्र श्रेष्ठ, डा दिव्या सिंह र डा ऋषि काफ्ले रहेका छन् ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरु पनि हरेक क्षेत्रमा सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने तथा अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रमको आयोजना गरिदै आएको कुरा आयोजक समितिका संयोजक डा कल्पना कुमारी श्रेष्ठले जानकारी दिइन ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा