नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न

हेल्थ टिभी अनलाइन : भरतपुरमा तीन दिनसम्म सञ्चालन भएको नवौं नेपाल फर्मा एक्स्पो २०२४ आइतबार सम्पन्न भएको छ । एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरुले एक्स्पो सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाल औषधि उत्पादक संघ एपोन का अध्यक्ष मेहश प्रधानले नवौं संस्करणको एक्स्पो अत्यन्तै सफल भएको आफूहरुले महसुस गरेको बताए । प्रदर्शनीमा भाग लिन आउने प्रदर्शक र अवलोकनकर्ताहरु सन्तुष्ट भएको बताउँदै उनले भने, “एक्स्पोमा प्रदर्शनी गर्न र हेर्न आउने सबै सन्तुष्ट भएको हामीले पायौं ।”
उनले प्रदर्शनीका अवसरमा आयोजना गरिएका गोष्ठी, सेमिनार, अन्तक्र्रिया लगायतका कार्यक्रमहरु पनि निकै सफल भएको पाएका बताए । अध्यक्ष प्रधानले थपे “सबै खुशी हुँदा औषधि उत्पादक संघले राम्रो काम गरेको महसुस भएको छ ।” उहाँले एक्स्पो सफल बनाउने हर प्रकारले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा हामीसहित स्वदेशी तथा विदेशी पाहुनालाई राम्रो आतिथ्यता प्राप्त भएको बताउँदै धन्यवाद व्यक्त गरे ।
उनले उद्योग संघ चितवन, सम्पूर्ण पत्रकारहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिका लगायतका संघ संस्थाहरुलाई एक्स्पो सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिए ।
नेपाल फर्मा एक्स्पो अन्तर्राष्ट्रियस्तरको एक्स्पोको रुपमा स्थापित गर्न सफल भएको भन्दै संयोजक रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरबाटै सफल कार्यक्रम आयोजना गरेको भन्दै बधाई पाएको बताए ।
सबैको साथ, सहयोग र हौसलाले एक्स्पो सफल भएको उनको भनाई छ । उनले भने “नेपाली औषधि उद्योगलाई अझै सवल र आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दछौं ।”
एपोनका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले अन्तिम दिनमा पनि अवलोकन गर्न आउनेको घुईचो लागेको देखिएको बताए । एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य आम जनसमुदायलाई नेपालमा गुणस्तरीय औषधि बन्छ भन्ने कुरा देखाउने, सिकाउने र बुझाउने नै भएको उनको भनाई छ ।
एक्स्पोले धेरै राम्रो सन्देश प्रवाह गरेको भन्दै उनले भने, “जसले औषधि लेख्न्, जसले औषधि बेच्छन् र जसले औषधिको काम गर्छन् उनीहरुका लागि नेपालमै गुणस्तरीय औषधि बनेको छ भन्ने सन्देश प्रवाह भएको छ । यो सर्वसाधारणसम्म पनि पुगेको छ ।”
यही फागुन २५ गतेबाट सञ्चालित भएका एक्स्पोमा स्वदेशी औषधि उद्योग सहित नौ वटा विदेशी कम्पनीहरुले प्रविधि, प्रयोगशाला लगायत औषधिजन्य उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको प्रदर्शन गरिएको थियो
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा