बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले पाए सफाइ
हेल्थ टिभी अनलाइन : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई विशेष अदालतले सफाइ दिएको छ।
डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो। बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ सालको माग ९ गते डा गिरी विरुद्ध नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो। विशेष अदालतले डा गिरीसहित मतियार बनाइएका बिराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सफाइ दिएको छ।
अदालतले डा गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्रोफेसर पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण