Health TV Online
Health TV Online
Health TV Online

दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

हेल्थ टिभी अनलाइन :  दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोसन पोखरेलले विष्टलाई एकलाख नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । बबिता सिनियर अनमी छैटौ तहमा कार्यरत छन् ।

त्यसै गरि सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन् । पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा पोखरेलले नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कृत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले धन्यवाद दिदै भविश्यमा पनि जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नु पर्ने बताए । स्वास्थ्य सेवा दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अंगदान सिविरका साथ रक्तदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा