हामी सबै खालका औषधि यहीं उत्पादन गर्न सक्छौं : एक्स्पो सह-संयोजक पृथ्वी राजभण्डारी
हेल्थ टिभी अनलाइन : नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सह संयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)सँग गरिएको कुराकानी :
फर्मा एक्स्पो किन आवश्यकता पर्यो ?
नेपालको औषधिको इतिहास चार दशकको रहेको छ । चारदशक अघि हामी १५९१६ वटा उद्यौग मात्र रहेका थिए । अहिले आएर ८३ उद्योग संचालनमा रहेका छन् । ति औषधि उद्योगले गरेका काम, उत्पादन गरेका औषधिहरुलाई जनतामाझ परिचित गराउनका लागि एक्स्पोको आयोजना गरिएको हो । आजसम्म नेपाली औषधि उद्योग कहाँसम्म कति विकास गरेको छ, नेपाली औषधि उद्योगको स्तर कहाँ र कसरी अगाडि बढेको छ । यि सवै कुराको जानकारी दिनका लागि एक्स्पो आयोजना गरिएको हो ।
फर्मा एक्स्पोबाट नेपाली जनतालाई के फाइदा हुन्छ ?
औषधि उद्योग सतप्रतिशत विज्ञानमा आधारित उद्योगको रुपमा रहेको छ । हरेक रोगलाई निदान गर्न लागि औषधि चाहिन्छ । औषधि विना कुनै रोग निको हुँदैन । ति रोगका विरुद्ध हामीले नेपालमा नै धेरै औषधि बनाएका छौ ।
यसरी नेपाल धेरै किसिमका रोग विरुद्धको औषधि आज उत्पादन हुन्छन भन्ने कुराको सन्देश दिनका लागि फर्मा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा यस्तो रोगको औषधि यसरी बन्दछ भनेर पनि एक्स्पोमासर्वसाधारणलाई जानकारी पाउँछन । नेपालमा क्यान्सर रोगको औषधिको उत्पादन पनि शुरु भइसकेको छ ।
नेपालमा नेपाली औषधिको अवस्था कस्तो रहेको छ ?
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन । आजभन्दा २० बर्ष अगाडि त्यस्तो अवस्था थिएन । सवै औषधि हामी विदेशकोमा नै भर पर्ने गरेका थियो । तर अहिले परिस्थिति फेरिएको छ । नेपाली औषधि बजारमा हामी पनि विदेश औषधिसंग प्रतिस्पर्धा गर्ने सक्ने भएका छौ । अझ हामीलाई सरकारले प्राविधिक रुपमा सहयोग गरे भने हामी मुलुकलाई चाहिनै जति औषधि उत्पादन यहि गर्न सक्छौ ।
औषधिलाई आत्मनिर्भर बनाउन के गर्नुपर्दछ ?
अहिले सवै जसो औषधि उद्योग नीजि रहेका छन् । सरकारका औषधि कम्पनीको रुपमा नेपाल औषधि लिमिटेड मात्र रहेको छ । सरकारले नीजि उद्योगको विकासमा प्रयोगशालाका निर्माण, उपकरण आयातलाई सहज र कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्दछ । त्यसमा सरकारी सहयोग आवश्यक रहेको छ । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नीजि उद्योगले धेरै मिहनेत तथा कोसिस गरेता पनि सरकारको सहयोग विना उद्योगको विकास गर्न सकिदैन । तसर्थ सरकार र नीजि क्षेत्र मिल्यो भने औषधि उद्योगको विकासमा ठूलो योगदान गर्न सकिन्छ । किनभने वंगलादेश कुल ग्रार्हस्थ (जिडिपि) उत्पादनमा औषधि उद्योग तेस्रो स्थान रहेको छ । नेपाली औषधि उद्योगले पक्कै पनि मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको छ भन्ने कुरा सरकारले सोच्नुपर्दछ । र औषधि उद्योगको क्षमता विकासमा सरकारको सहयोग आवश्यक रहेको छ ।
नेपाली औषधि विदेश औषधिको तुलनामा गुणस्तर कस्तो छ ?
औषधि उद्योग औषधि व्यवस्था विभागको निगरानीमा हुने गर्दछन । हाम्रौ औषधिको बर्षको दुई पटक विश्व स्वास्थ्य संगठनको जिएमपी ९कुलश औषधि अभ्यास० अडिट हुने गर्दछ । हाम्रै पनि आफ्नै हरेक महिनामा एक पटक आन्तरिक अडिट हुन्छ । त्यसैले गुणस्तरको मामिलामा नेपाली औषधि उद्योग विदेशीको तुलनाभन्दा राम्रो छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य