दादुरा-रुबेला विरुद्धको खोप अभियान आजदेखि सुरू
हेल्थ टिभी अनलाइन : सरकारले दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सुरु गरेको छ । आजदेखि ७ चैत्रसम्म खोप अभियान संचालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुबेलाको जोखिम रहेको ५१ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ ।
खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य छ । बढी प्रभावित काठमाडौंसहित २१ वटा जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई खोप लगाइदैंछ भने अन्य जिल्लामा भने ८ महिनादेखि ५ वर्षमुनिका बालबालिकामा यो खोप लगाउन लागिएको हो । डा गौतमकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित तराईका भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइदैंछ ।
काठमाडौं दादुरा–रुबेलाको अति सङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुबेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित भएका थिए र एक जनाको मृत्यु भएको थियो । यसअघि नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएकाले पनि यो खोप लगाउनुपर्ने उनको भनाइ छ । सरकारले सन् २०२६ सम्म दादुरा—रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।
ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त