स्पार्क अस्पताल ३२ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा नि:शुल्क शिविर र रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन : काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल ३२ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा आज हाडजोर्नी तथा नशा सम्बन्धी नि शुल्क स्वास्थ्य शिविर तथा रोटरी क्लब अफ त्रिपुरेश्वरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको हो ।
३२ वर्ष अघि फागुण ११ गतेका दिन प्राकृतिक चिकित्साको उपचारका लागि स्पार्क अस्पतालको स्थापना भएको थियो । योगा गराउने उद्धेस्यले सानो एउटा कोठाबाट सुरु भएको यस अस्पताल ३२ वर्षसम्म आइपुग्दा अहिले थुप्रै सेवा सुविधाहरु थप गरेको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले जनाएका छन्। प्राकृतिक चिकित्साको पुरानो अस्पताल भएकाले र गुणस्तरीय सेवाका कारण बिरामीको माया सधैं नै आफूहरुले पाएको र बिरामीको विश्वासका कारण यहाँसम्म आउन सकेको पनि रिजालले जिकीर गरे । उनले पछिल्लो समय बिरामीहरुको प्राकृतिक चिकित्साप्रति विश्वास र भरोसा पनि बढेको बताए ।
वार्षिकोत्सव कार्यक्रमको सुरुवात अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल, मेडिकल निर्देशक डा सुनिल पौडेल, सिनिअर कन्सल्टेन्ट फिजियोथेरापिस्ट अनिलकुमार महतो, अस्पताल इन्चार्ज संगिता श्रेष्ठले रक्तदान गरेर भएको थियो ।

स्पार्कमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएकोे, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गर्ने गरिन्छ । यस अस्पतालको सेवाबाट धेरै बिरामीले नयाँ जीवन समेत पाउन सफल भएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’