आरुस लाइफस्टाइल अस्पतालमा मधुमेह, थाइराइड तथा हर्मोनसम्बन्धी नि:शुल्क शिविर
हेल्थ टिभी अनलाइन : ललितपुरको कुपण्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालमा मधुमेह, थाइराइड तथा हर्मोन रोगसम्बन्धी तीन दिने नि:शुल्क शिविरको आयोजना हुने भएको छ ।
यही फागुन १० देखि १२ सम्म शिविर हुने अस्पतालले जनाएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने उक्त शिविरमा विशेषज्ञ चिकित्सकबाट निशुल्क परामर्श तथा सुगर जाँच नि:शुल्क गरिनेछ भने अन्य जाँचहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।
उक्त शिविरको टिममा विशेषज्ञ डाक्टरहरु डा अमित शाक्य, डा सन्तोष शाक्य, डा सुकान्ति शाह, डा रुपक भारी, डा ज्यास्मिन तुलाधर तथा डा सुनिल चौधरी रहेका छन् ।
अस्पतालको फोन नं ०१-५९७००४७ मा फोन गरेर नाम दर्ता गराएर शिविरिबाट नि:शुल्क सेवा तथा परामर्श लिन सकिने पनि अस्पतालले जनाएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समय समयमा यस खालको निशुल्क शिविर गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’