नेपाल फर्मा एक्स्पो २०२४ को लागि सबै स्टल बुकिङ
हेल्थ टिभी अनलाइन : नवौं नेपाल फर्मा एक्स्पो–२०२४ को लागि सबै स्टल बुकिङ भएका छन्। नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवर्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन्।
‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदैछ।
उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब) का स्टल रहेको बताए। एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल राखिने उनले जानकारी दिए।
उनले अहिले स्टलको डिजाइनको काम भइरहेको बताए। एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेका छन्।
प्रत्येक दुई दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’