Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि तीन जना सिफारिस

स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि तीन जना सिफारिस

काठमाडौं : स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ। बोर्डको निर्देशक छनोट गर्न गठित समितिले दामोदर बर्सौला, श्रीमान् कार्की र रमेशकुमार पोखरेलको नाम सिफारिस गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको तीन सदस्यीय समितिले सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने पहिलो चरणको छनोटमा पाँचजना परेका थिए।

समितिले सिफारिस गरेका तीनमध्ये एकजनालाई प्रधानमन्त्रीले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोट गर्नेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार