नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशी
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
डा जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्। परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। हाडजोर्नी विशेषज्ञ डा जोशीले यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त