डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो ‘कसरी भनूँ म’ सार्वजनिक
हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चिकित्सा पेशासहित गायनमा समेत रुचि राख्ने डा भण्डारीले ुकसरी भनूँ मु बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
शुक्रबार सार्वजनिक म्युजिक भिडियोको गीतको रचना र गायन डा भण्डारी आफैंले गरेका हुन्। गीतको कम्पोजिसन समेत डा भण्डारीकै हो। उक्त गीतमा प्रदीप जोशीको एरेन्ज छ। म्युजिक भिडियोमा डा भण्डारीकै अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन अनिल कुमार मानन्धरले गरेका हुन्। गित संगीतमा रुचि राख्ने डा भण्डारीले यसअघि पनि म्युजिक भिडियो ल्याइसकेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त