सूर्ति कम्पनीको प्रायोजनप्रति अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाको आपत्ति
हेल्थ टिभी अनलाइन : पोखरामा हुन लागेको नेपाल लिटरेचर फेस्टिभल २०२४ मा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको प्रायोजनप्रति नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले आपत्ति जनाएका छन्।
प्रतिष्ठानका अध्यक्ष डा जयकुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
सूर्तिजन्य पदार्थ उत्पादन गर्ने सूर्य नेपाल पोखरामा यही फागुन ३ देखि ७ गतेसम्म हुन लागेको साहित्यक सम्मेलनमा मुख्य प्रायोजक रहेको छ । जबकी सुर्ति उत्पादन गर्ने कम्पनीले कुनै पनि कार्यक्रम, सम्मेलन प्रायोजन गर्न नपाइने कानून छ । यसअघि कानून विपरित काम गरेको भन्दै एक्सन नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले पनि विरोध जनाएर यस विषयमा ध्याकर्षण गराइसकेका छन्।
दुबै संस्थाले विज्ञप्तिमार्फत फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने साहित्य महोत्सवमा सूर्य नेपालको लोगोसहित प्रचारप्रसार गरिनु कानूनविपरीत रहेको जनाएका छन्। साथै यस्तो गलत काममा साथ नदिन आयोजकलाई आग्रह गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण