काठमाडाैंमा बढ्याे डेंगु संक्रमण
काठमाडौं : राजधानीमा डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्ला दिन बालाजु ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले त्यस क्षेत्रमा डेंगु फैलिन सुरु भइसकेको बताए।
‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दशैँअगावै त्यहाँ सातजनामा डेंगु देखा परेको रिपोर्ट गरेका थिए’,उनले भने, ‘डेंगु सार्ने एडिस एजेप्टाई लामखुट्टे राजधानीमा प्रशस्त पाइएको।’
काठमाडौंका छतमा रहेका ट्यांकी र पानी राख्ने भाँडा एडिस एजेप्टाई लामखुट्टे बढाउने कारक बनेका छन्। यसले मानिसलाई दिउँसो मात्र टोक्ने चिकित्सकहरू बताउँछन्। संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा संक्रमण फैलिन्छ।
यसअघि राजधानीमा फाट्टफुट्ट संक्रमण देखिँदै आए पनि एकै ठाउँमा यति धेरै संख्यामा थिएन। राजधानीमा डेंगुविरुद्ध अभियान आवश्यक भएको डा. लालले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’