काठमाडौं र ललितपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’
हेल्थ टिभी अनलाइन : काठमाडौं र ललितपुर महानगरपालिकामा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ।
ललितपुर महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत बंगुर तथा सुंगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको पुष्टि भएको जनाएको छ।
ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बंगुर र सुंगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरको पशु सेवा शाखाले आग्रह समेत गरेको छ ।
महानगरले रोग देखापरेको क्षेत्रबाट सुंगुर प्रजातीका पाठापाठी, संक्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा