औषधि व्यवस्था विभागद्धारा लोमसको सिरप बिक्रीमा रोक
हेल्थ टिभी अनलाइन : औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ ।
बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 व्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै विक्रीमा रोक लगाइएको हो ।
विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन प्यारासिटामोल ट्यावलेटको CT-2023 व्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता रिकल गर्न निर्देशन दिएको थियो ।
विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण