औषधि व्यवस्था विभागद्धारा लोमसको सिरप बिक्रीमा रोक
हेल्थ टिभी अनलाइन : औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ ।
बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 व्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै विक्रीमा रोक लगाइएको हो ।
विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन प्यारासिटामोल ट्यावलेटको CT-2023 व्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता रिकल गर्न निर्देशन दिएको थियो ।
विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा