एनआइसीयूमा एक पटक नवजात शिशु भर्ना हुँदा झण्डै ४८ हजार खर्च : अध्ययन

हेल्थ टिभी अनलाइन : नवजात शिशु बिरामी भएर अस्पतालको एनआइसीयूमा भर्ना भएर उपचार गर्दा सरदरमा ४८ हजार खर्च हुने एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा एनआइसीयूमा भर्ना भएका नवजात शिशु (जन्मेदेखि २८ दिनसम्मका) को उपचारका लागि परिवारले सरदर कति खर्च गर्नुपर्छ भन्ने विषय उजागर गर्नका लागि उक्त अध्ययन गरेको हो । सरकारी र प्राइभेट गरी ४ अस्पतालका एनआइसीयूमा भर्ना भएका ३ सय बिरामीका आफन्तलाई गत वैशाख २५ देखि असार ७ गतेसम्म विभिन्न चरणमा प्रश्न, अन्तरवार्ता लगायत गरेर डाटा संकलन गरेर उक्त अध्ययन गरिएको परिषद्ले जनाएको छ । अध्ययन सानै भए पनि यसले प्रारम्भिक रुपमा नवजात शिशुको उपचारमा लाग्ने खर्च, एनआइसीयूमा सरकारले कस्तो लगानी र सुधार गर्नुपर्ने विषयको बारेमा छलफल गर्न र निति निर्माणमा सहयोग पुग्ने सूचना दिएको परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले बताए ।
उक्त अध्ययन अनुसार सरकारी अस्पतालमा एक जना नवजात शिशु भर्ना भएर उपचार लिन आउँदा २९ हजार ४८५ रुपैयाँ र प्राइभेट अस्पतालमा ४७ हजार ९७५ रुपैयाँ लाग्ने देखिएको छ । यसैगरी नवजात शिशुलाई कम्तीमा एक दिनदेखि ३२ दिनसम्म एनआइसीयूमा भर्ना गरेर उपचार गरेको पाइएको छ । अध्ययनमा सहभागी भएका नवजात शिशुको परिवारको औसत कमाई ३३ हजार ९५ रहेको पाइएको छ । जसमा ९५ प्रतिशतका पिता काममा रहेको र ५० प्रतिशत आमाहरु मात्र कामकाजी रहेको पाइएको छ । २० प्रतिशत आमा २० वर्ष अघि नै आमा बनेको र १३ प्रतिशतले शल्यक्रियामार्फत बच्चालाई जन्म दिएको पाइएको छ । एनआइसीयूमा भर्ना भएका नवजात शिशुमध्ये २५ प्रतिशतको तौल कम रहेको पाइएको अध्ययनले देखाएको छ ।
यसैगरी भर्ना भएका बिरामीमध्ये ९४ दशमलब ७ प्रतिशत डिस्चार्ज भएको र ५ दशमलब ३ प्रतिशतको मृत्यु भएको पनि अध्ययनले देखाएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा