क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन

हेल्थ टिभी अनलाइन : क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रमको आयोजना गरेको छ । ‘प्रत्येक कदममा आशा, प्रत्येक उपचारमा सफलता’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवसको अवसर पारेर उक्त वाकाथन गरिएको हो ।
शनिबार बिहान शान्तिबाटिकाबाट सुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञहरु, अन्य चिकित्सकहरु, स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । वाकाथन शान्तिबाटिकाबाट सुरु भएर जमल, भद्रकाली, पुतलीसडक हुँदै गएर कोणसभामा परिणत भएर टुंगिएको थियो ।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताए । उनले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए ।
उक्त कार्यक्रममा क्यान्सर रोगको सचेतनामा काम गर्ने उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप, रोटरी क्लब अफ एल लगायतका संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो । हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन क्यान्सरबारे सचेतना जगाउन विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा