मधेश प्रदेशमा सबैभन्दा बढी क्षयरोगका बिरामी, दोस्रोमा बागमती
हेल्थ टिभी अनलाइन : नेपालमा क्षयरोगका बिरामी सबैभन्दा धेरै मधेश प्रदेशमा रहेको पाइएको छ । क्षयरोको भार बढी हुनेमा पहिलोमा मधेश प्रदेश, दोस्रोमा बागमती र तेस्रोमा लुम्बिनी प्रदेश रहेका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रणका निर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार मधेश प्रदेशमा मात्रै ९ हजार १२३ जना क्षयरोगी रहेका छन् । यसैगरी बागमतीमा ८ हजार ८१४ र लुम्बिनीमा ७ हजार ७०२ जना क्षयरोगी रहेका छन् । त्यसपछि कोशी प्रदेशमा ४ हजार ४३५, सुदूरपश्चिममा ३ हजार २०३ , गण्डकी प्रदेशमा २५ सय र कर्णाली प्रदेशमा १ हजार ५७६ जना क्षयरोगी रहेको पाइएको छ ।
नेपालमा प्रत्येक वर्ष ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक छ । डा श्रेष्ठका अनुसार प्रत्येक वर्ष थपिने ६९ हजार क्षयरोगीमध्ये ३७ हजार ४५० जना मात्र उपचारको पहुँचमा रहेका छन् । बाँकी बिरामी उपचारमा नआउनु क्षयरोग अन्त्यका लागि ठूलो चुनौति भएको डा श्रेष्ठको भनाई छ । नेपालमा क्षयरोग अन्त्यका लागि क्षयरोगमुक्त नेपाल नामक अभियान सञ्चालन गरिएको छ । जसअन्तर्गत स्थानीय तहसम्म अभियान चलाउन सुरु गरिएको छ । अहिले २५ वटा स्थानीय तहमा अभियान पुगेकोमा यस वर्षदेखि १२५ वटा स्थानीय निकायमा अभियान लैजाने योजना रहेको डा श्रेष्ठले जानकारी दिए । अभियान सञ्चालन भए पनि क्षयरोगका बिरामी भने बढिरहेको देखिन्छ । क्षयरोग अन्त्यका लागि यही गतिमा भन्दा पनि विशेष रुपमै अझ बढी प्राथमिकताकासाथ काम गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
नेपालमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको छ । जसका कारण प्रत्येक वर्ष झण्डै १७ हजार बिरामीको मृत्यु हुने गरेको अनुमान छ । साथै विश्वमा डी आर टिबी बिरामीको उच्च भार भएका ३० देशहरुमध्ये नेपाल पनि एक पर्छ । सरकारले सन् २०३० भित्र नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’