ह्याम्स अस्पतालको नि:शुल्क परामर्श शिविर: एकैदिन लिए २५ दम्पत्तीले परामर्श

हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले गरेको नि:शुल्क नि:सन्तान परामर्श सेवाको शिविरबाट एकैदिन २५ दम्पत्तीले परामर्श सेवा लिएका छन्।
शनिबार आयोजित शिविरमा अस्पतालका वरिष्ठ प्रसूति, स्त्री तथा नि:सन्तान रोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त, डा सन्देश पौडेल, डा अतीत पौडेल, डा करिश्मा पाण्डे र डा रेशिष श्रेष्ठको टोलीले नि शुल्क परामर्श सेवा प्रदान गरेको हो ।
शिविरका क्रममा डा भोला रिजालले नि:सन्तान दम्पत्तीहरुको पीडा बोध गरेर अस्पतालले एक दिन भए पनि निशुल्क परामर्श सेवा दिऔं भनेर शिविरको आयोजना गरेको जनाए । उनले यस्तो शिविरलाई भविष्यमा पनि निरन्तरता दिइने जिकीर गरे ।
डा रिजालले शनिबारको निशुल्क परामर्श शिविरमा २५ दम्पत्तीले परामर्श लिएर गएको समेत जानकारी दिए । परामर्श सेवा शनिबार बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म ह्याम्स अस्पतालको आइभीएफ केन्द्रमा सञ्चालन गरिएको थियो।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा