मेडिकल जिनोमिक्स सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

हेल्थ टिभी अनलाइन : काठमाडौंमा मेडिकल जिनोमिक्स सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको मेडिकल जेनेटिक युनिटले संयुक्त रुपमा गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको उपस्थिती रहेको छ । नेपालमा जेनेटिक (वंशाणुगत) रोगहरु बढिरहेको सन्दर्भमा पहिलोपटक हुन लागेको यस किसिमको अभिमुखीकरण तालिमले रोग पहिचानमा धेरै नै सजिलो हुने नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ तथा वीर अस्पतालकी मेडिकल जेनेटिक युनिटकी प्रमुख डा निलम ठाकुरले बताइन् । उनले भनिन, ‘यो जेनेटिक रोगलाई लिएर गरिएको पहिलो तालिम हो । यसबाट धेरै नै फाइदा हुने हाम्रो अपेक्षा .छ ।’
तालिमको उदघाटन सत्रमा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमै पहिलोपटक जेनेटिक ल्याब सुरु गरेको र अझै पनि यसको सेवा विस्तार गर्दै लान अस्पताल तयार भएको बताए । उनले त्यसका लागि स्वास्थ्य मन्त्रालयले यसलाई प्राथमिकतामा राख्नुपर्ने जिकीर गरे ।
यसैगरी कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जेनेटिक रोगका बारेमा अझै पनि धेरै तथ्य तथ्यांकहरु नभएको भन्दै यसमा नीति तथा कार्यक्रम बनाउनका लागि पहिले अनुसन्धानमा जोड दिनुपर्ने बताए । रिसर्चबाट आएका कुराहरुलाई आधार बनाएर अनि मात्र के कस्ता कार्यक्रम ल्याउने भन्ने हुन्छ । त्यसैले नेपालमा जेनेटिक रोग, यसको निदान तथा उपचारका बारेमा व्यापक रुपमा रिसर्च हुन जरुी छ उनले भने ।
कार्यक्रममा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालमा जेनेटिक रोग बढ्दै गएको भन्दै यसमा लगानी र चासो बढाउनुपर्ने बताएका थिए ।
दुई दिने उक्त तालिममा काठमाडौं उपत्यकामा कार्यरत ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहने छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा