जाडोमा स्वस्थ रहन चाहनुहुन्छ ? गर्नुस् यी काम
हेल्थ टिभी अनलाइन : माघको पहिलो साता लागेसँगै देशभर चिसो बढ्ने क्रममा छ। जाडोमा चिसोका कारण विभिन्न समस्याहरु देखिने हुन्छन् । त्यसैले जाडोमा स्वस्थ रहन सबैले आवश्यक सावधानी अपनाउनु आवश्यक छ।
जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र यसलाई बढाउनका लागि केही विधि अपनाउन सकिन्छ जसले प्राकृतिक रूपमै हामीलाई न्यानो राख्छ। जाडोबाट शरीरलाई बचाउँछ नै,रोगसँग लड्ने क्षमता पनि बढाउँछ।
तातो खाना खानुस्
जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने राम्रो तरिका हो। किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ। मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई माथि लैजान्छ।
खानामा मसला
खानामा केही मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ। यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ। जिरा, बेसार, धनिया, अदुवा, दालचिनी र मरिच जस्ता मसला दैनिक आहारामा समावेश गर्न सकिन्छ। यसले चिसोका कारण हुने समस्या रोक्छ।
पर्याप्त निद्रा लिनुस्
आयुर्वेदमा पर्याप्त निद्रालाई सबैभन्दा राम्रो भनिएको छ । जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ। यसले प्रतिरक्षा क्षमता वृद्धि गराउँछ।
यसरी नुहाउनुस्
जाडोमा नुहाउनका लागि मनतातो पानीको व्यवस्था गर्नुस्। त्यसमा केही मात्रामा नुन, तुलसीको पात राख्नुस्। यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढ्छ।
तातो तेलले मालिस गर्नुस्
नुहाइसकेपछि शरीरको मालिस गर्नुस्। सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसञ्चार पनि बढाउँछ।
आयुर्वेदिक जडीबुटी लिनुस्
आफ्नो खानामा अश्वगन्धा, अमला, तुलसी, त्रिफला जस्ता जडिबुटीहरुलाई समावेश गर्नु लाभदायक हुन्छ। यी जडिबुटीलाई चियाका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यी जडिबुटीहरुले हाम्रो शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छन् जसले प्रतिरक्षा बढाउँछ।
चिसो पेयबाट बच्नुस्
डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचनरसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ। त्यसैले यस मौसमका दौरान प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन बन्द गर्नुस्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य