गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त

हेल्थ टिभी अनलाइन : शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषदको बैठकले डा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। डा मल्ललाई यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले निमित्त निर्देशकमा नियुक्त गरेका थिए। अहिले उनलाई नै कार्यकारी अधिकारसहित निर्देशकमा नियुक्त गरिएको हो ।
यसअघि डा चन्द्रमणि अधिकारी केन्द्रका निर्देशक थिए । उनको कार्यकाल सकिएपछि डा मल्ललाई जिम्मेवारी दिइएको हो ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा