शीतलहरबाट कसरी जोगिने ?

हेल्थ टिभी अनलाइन : केही समय यता शितलहरबाट जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश भागमा यतिबेला शितलहरले सताएको छ । जसले गर्दा अनेकौं स्वास्थ्य समस्या देखिने गरेका छन्।
कसरी जोगिने शितलहरबाट :
यो बेला चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ ।
शरीरको पूरै भाग छोपिने गरी लुगा लगाउने ।
आमाको दूध खाने बालबालिकालाई नियमित स्तनपान गराउने ।
तातो तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने ।
कोठा न्यायो बनाउने तर हावा ओहोरदोहोर भए नभएको ख्याल गर्ने ।
सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला बाल्दा झ्याल ढोका खोल्ने ।
आगो, कोइला वा हिटर निभाएर मात्र सुत्ने ।
सकेसम्म बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कने ।
आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्ने ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तैः ज्वरो, झाडापखला, दम, खोकी लागेमा, सास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल