कार दुर्घटनामा डा महेश गौतमसहित ५ जनाको मृत्यु
श्रीमती डा श्रृष्टि तिवारी घाइते

हेल्थ टिभी अनलाइन : चन्द्रागिरीको सेतो पहरामा शनिबार भएको दुर्घटनामा बाल रोग विशेषज्ञ डा महेश कुमार गौतमसहित ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११ : ५५ मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटरभन्दा तल खसेको थियो। उक्त दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो। बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडीमा सवार एकै परिवारका एक जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
सो दुर्घटनामा ३८ वर्षीय डा महेश कुमार गौतमसहित उनको छोराछोरी र सासु ससुराको मृत्यु भएको छ। डा गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको हो। ६ वर्षीया छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा डा गौतमकी श्रीमती डा सृष्टि तिवारी घाइते भएकी छिन्। उनी क्यान्सर रोग विशेषज्ञ हुन्। उनी नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छिन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा