वीर अस्पतालमा तालाबन्दी गरे आफै आएर खोल्छु : स्वास्थ्यमन्त्री बस्नेत
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा कसैले तालाबन्दी गरेमा आफै आएर ताला फोड्ने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा शुक्रबार आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिलोज्यान दिएर काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।
विभिन्न स्वार्थ समूहले आफ्नो स्वार्थ पुरा नहुदा अस्पतालमा ताला लगाउनेसम्मको अनुशासनहिन काम भएको पाइएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतले अर्को पटक कुनै पनि बहानामा विरामीको उपचार प्रभावित पारेर ताला लगाइए ठीक नहुने चेतावनी दिए ।
’उनले आफूलाई गलत गर्नेलाई ठेगान लगाउन आउने भन्दै उनले वीर अस्पतालमा कसैले पनि बदमासी गर्ने नसोचे हुने जिकीर गरे । उनले भने अब वीरमा तालाबन्दी चल्दैन ।
मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले आफू आएपछि वीरमा एकपछि अर्को सेवा थपिंदै गएको पनि जानकारी दिए । उनले महिलालाई क्यान्सर निदानका लागि मेमोग्राफी सेवाले ठूलो राहत हुने समेत बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण