नेपालमा पनि देखियो कोभिडको नयाँ सब भेरियन्ट
हेल्थ टिभी अनलाइन : विश्वका केही देशहरुमा फैलिरहेको कोभिड १९ ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन वान नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट JN.1 जेएन वान नेपालमा पनि पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन वान देखिएको हो।
अहिले छिमेकी मुलुकहरुमा तीब्र रुपमा फैलिरहेको संक्रमणलाई ध्यानमा राख्दै मन्त्रालयले नाकाहरुमा परीक्षण गरेर नमुना संकलन गर्ने कार्य सुरु गरेको र सोही क्रममा आज उनीहरुमा जेएन वान पुष्टि भएको हो । मन्त्रालयले छिमेकी मुलुकबाट आउने प्रवेश बिन्दुमा अनिवार्य टेस्ट गर्न पनि भनेको छ । साथै सर्वसाधारणलाई सतर्क रहन पनि आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण