भारतबाट फर्किएकामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन : भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा कोभिडको नयाँ भेरिएन्ट जेएन वान पुष्टि भएपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अहिले अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ , नयाँ भेरियन्ट नदेखिए पनि कोरोना संक्रमण भने देखिएको जनाइएको छ । नाकामा परीक्षण गर्दा पोजेटिभ आएकालाई आइसोलेसनमा बस्न सल्लाह दिएर छोड्ने गरेको पाइएको छ । उता अन्य नाकाहरुमा पनि हेल्थ डेस्क मार्फत परीक्षण गर्न भनिएको स्वास्थ्य मन्त्रालयलय जनाएको छ ।
छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विज्ञप्ति समेत निकालेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाको नयाँ भेरियन्ट जेएन वान भने पुष्टि भएको छैन ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’