डा विशद दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति

हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघले आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोमा गम्भीर आपत्ति जनाउँदे ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले बिहीबार एक विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा दाहालाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।
संघले स्वास्थ्य शिविरका नाममा आवासिय चिकित्सकहरुलाई शैक्षिक गतिविधि बाहेक पीडादायिक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको जनाएको छ।
डा दाहाललाई निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि स्पष्टिकरणको अवसर समेत नदिइएको भन्दै संघले आपत्ति जनाएको छ। संघले सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न माग गरेको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा