डा अरुण शाहीलाई अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
हेल्थ टिभी अनलाइन \काठमाडौं : एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक बर्ष प्रदान गर्दै आएको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीलाई प्रदान गरिएको छ ।
पर्वतको पैंयु गाउँ पालिकास्थित हुवासमा आज आयोजित विशेष समारोहमा गत वर्षका बिजेता डा शेरबहादुर पुनले डा शाहीलाई अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२३ प्रदान गरेका छन् । सो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
एनआरएनएले डा शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तराष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरु प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा खटिने उनको कार्यलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरेको जनाएको छ ।
पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो । फाउण्डेशनका अध्यक्ष भीम सुवेदी, बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरुले पुरस्कार वितरणका लागि सहजीकरण गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण