काठमाडौंको ह्याम्स अस्पतालद्वारा खाडीचौरमा एक दिने नि:शुल्क ओपीडी सेवा सम्पन्न
हेल्थ टिभी अनलाइन : काठमाडौंको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकको खाडीचौरमा एक दिने नि:शुल्क ओपीडी सेवा सम्पन्न गरेको छ । खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पताल प्रालिसँगको सहकार्यमा बुधबार ह्याम्सले ओपीडी सेवा सम्पन्न गरेको हो ।
शिविरमा जनरल फिजिसियन, बाल तथा शिशु रोग, हाडजोर्नी सम्बन्धी, स्त्री रोग सम्बन्धी ओपीडी सेवा निशुल्क प्रदान गरिएको थियो । उक्त शिविरमा ह्याम्स अस्पतालका जनरल फिजिसियन डा गुञ्जन खड्का, डा रोहेन्द्र पाण्डे, हाडजोर्नी विशेषज्ञ डा सुरेश बहादुर थापा, स्त्री रोग विशेषज्ञ डा करिश्मा पाण्डेको टोलीले नि:शुल्क ओपीडी सेवा प्रदान गरेको थियो ।
शिविरमा विशेषज्ञ डा सुरेश बहादुर थापा र एनेस्थेसियोलोजिस्ट डा सुरज लामिछानेको नेतृत्वमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया समेत गरिएको थियो । बिहान ११ बजे बाट सञ्चालन भएको सो शिविरमा १५० भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएको ह्याम्स अस्पतालले जनाएको छ । साथै इमर्जेन्सीमा रहेका केही बिरामीले पनि नि:शुल्क स्वास्थ्य परामर्श पाएका थिए ।
काठमाडौंका वरिष्ठ चिकित्सकहरूद्वारा सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी ब्यक्त गरेका थिए। ह्याम्स अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सेवा विभिन्न स्थानमा सञ्चालन गर्दै आइरहेको छ । खाडीचौरमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत नै शिविर आयोजना गरिएको अस्पतालका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण