नयाँ नेतृत्व आएपछि बस्यो स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक, यस्ता छन् निर्णय
हेल्थ टिभी अनलाइन\काठमाडौ : नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक बसेको छ। बैठकले महत्वपूर्ण निर्णय समेत गरेको छ। बोर्डका नवनियुक्त अध्यक्ष डा गुणराज लोहनीको अध्यक्षतमा बसेको बैठकले ८ महत्वपूर्ण निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरु :
१. २०८० असार मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट पेश भएका दाबीहरुलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय विज्ञ समूहको एक स्वतन्त्र दाबी पुनारावलोकन समिति गठन गरी, समितिको कार्यविवरण तयार गर्ने र एक महिना भित्र दाबी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय गरको छ। पाँच जनाको विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अधिकृत, एक जना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एक जना र आइटी शाखाबाट एक जना रहनेछन्।
२. स्वास्थ्य बीमाको सुविधा थैली अन्तर्गतको औषधिको शुल्क समयानुकुल समायोजन गर्न एक समिति बनाई एक महिना भित्र प्रतिवेदन पेश गर्न लगाउने। औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको छैन।
३. स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी ९को पेमेन्ट० प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि – २०८० लाई परिमार्जन सहित स्विकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने।
४. सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने।
५. नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट हाल एक – एक महिनाका लागि दिईरहेको औषधि अब चाहि तीन – तीन महिनाका लागि दिने व्यवस्था मिलाउने।
६. एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनस् प्रेशण स्विकृत रेफर लिई रहन नपर्ने व्यवस्था मिलाउने।
७. स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने।
८. स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी मिति २०८० बैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’