चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी निर्देशक नियुक्त नगर्न डा केसीको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगकका निर्देशकहरुको छनोट गर्दा स्वार्थ बाझिने गरी प्रक्रिया अघि नबढाउन डा गोबिन्द केसीले ध्याकर्षण गराएका छन् ।
डा केसीले प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा दलीय भागवण्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न ध्यानाकर्षण गराएका हुन ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल हामीलाई स्वीकार्य छैन। छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा रहनु हुँदैन र स्वार्थको द्वन्द्व नहुने योग्य उमेदवारहरु मात्रै छनोट गरिनुपर्छ। त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं।’





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’