वीर अस्पतालले ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ।
वीर अस्पतालले भर्खरै मात्र स्थापना भएको न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको हो । ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सातामा दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुने अस्पतालले विज्ञप्ति जारी गर्दै बताएको छ ।
यसैगरी हप्ताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन मेरुदण्ड क्लिनिक सेवा पनि अस्पतालमा सुरु भएको छ । उक्त सेवा मार्फत् टाउकोको ट्युमर र मेरुदण्ड दुखाइ लगायतका रोगका बिरामीले ठूलो राहत पाउने अपेक्षा अस्पतालको गरेको निमित्त निर्देशक डा श्रवणकुमार थापाले विज्ञप्ति मार्फत बताएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’