उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना, एन्जिओप्लास्टी गरियो
हेल्थ टिभी अनालाइन \काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया एन्जिओप्लास्टी गरिएको छ । मंगलबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ ।
मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी गरेको हो ।
मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।
यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण