नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को यही १३ गतेको बैठकले डा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा भुसाल यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष तथा नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् । यसैगरी डा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत समेत बनाएको थियो।
काउन्सिलका यसअघिका अध्यक्ष प्राडा भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो। भुसाल नाक, कान घाँटी रोग विशेषज्ञ हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण