नेपाल क्यान्सर अस्पतालमा रेडिएसन सेवा सुरु भएको ७ बर्ष पुरा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले रेडिएसन सेवा सुरु गरेको ७ बर्ष पुरा गरेको छ।
यही अवसरमा अस्पतालको रेडिएसन अंकोलोजी विभागले विशेष कार्यक्रमको आयोजना गरेको छ । क्यान्सर रोगको उपचारको महत्वपूर्ण विधिमध्ये रेडिएसन थेरापी पनि एक हो। रोगको स्टेज र प्रकृति हेरेर रेडिएसन चाहिने नचाहिने चिकित्सकले निर्णय गर्ने गर्छन ।
अस्पतालले यो ७ वर्षमा ५ हजार ५ सय नयाँ बिरामीलाई रेडिएसन थेरापी दिन सकिएको जनाएको छ । अस्पतालको रेडिएसन अंकोलोजी विभागका प्रमुख डा गिसुप निख प्रसिकोले आफूहरुले विश्वमै उत्कृष्ट मानिएको रेडिएसन मेशिन मार्फत बिरामीलाई सेवा दिन सफल भएको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण