Health TV Online
Health TV Online

सोसाइटी अफ सर्जन्स नेपालमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा कंसाकार

सोसाइटी अफ सर्जन्स नेपालमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा कंसाकार

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल शल्य चिकित्सक समाज सोसाइटी अफ सर्जन्स नेपाल मा नयाँ कार्यसमिति चयन भएको छ।

समाजको १५औं अन्तराष्ट्रिय सम्मेलनका अवसरमा भएको अधिवेशनबाट डा रोमियो कंसाकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

समाजको निवर्तमान अध्यक्षमा डा सुनिल कुमार शर्मा, वरिष्ठ उपाध्यक्षमा रोविन जोशी, उपाध्यक्षमा डा विकल घिमिरे, महासचिवमा डा शैल रुपाखेती, चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा डा सुमिता प्रधान, सहसचिवमा डा अनिप जोशी र सहकोषाध्यक्षमा डा रोशन घिमिरे चयन भएका छन्।

यसैगरी कार्यसमिति सदस्यहरुमा डा रुपेश मुखिया, डा प्रनिल राई, डा टंक प्रसाद बोहरा, डा सुशील ढुंगेल र डा उत्सव मान श्रेष्ठ चयन भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना