एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धी हासिल भएकाे छ : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धी हासिल गरेको बताएका छन् ।
३६ औं विश्व एड्स दिवसको अवसरमा शुक्रबार सन्देश दिंदै स्वास्थ्य मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म १२ वर्षको अवधिमा नयाँ एचआइभी संक्रमण दर ७७ प्रतिसतले घट्नु र एड्सका कारण हुने मृत्यु ८० प्रतिसतले घट्नु यो क्षेत्रका लागि ठूलो उपलब्धी भएको बताएका छन् । नेपालबाट सन् २०३० सम्म एचआईभी उन्मुलन गर्ने लक्ष्य प्राप्त चुनौतिपूर्ण भएकाले एचआईभी उन्मुलनका लागि समुदायसँग हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्री बस्नेतले उल्लेख गरेका छन् ।
यसै बिच शुक्रबार विभिन्न कार्यक्रमका साथ नेपालमा पनि ३६ औं विश्व एड्स दिवस मनाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। आरपी बिच्छाले एचआईभी संक्रमण दर घटाउनले नेपालले सफलता हासिल गरेको भए पनि अन्त्य गर्न अझै चुनौति रहेको बताए । अहिले पनि समाजमा एचआईभी संक्रमित प्रति गरिने भेदभाव व्याप्त रहेकोले त्यसलाई कम गर्न समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले एचआईभी पनि अन्य रोग जस्तै औषधिको सेवनले निको हुने भएको बताउदै यसको संक्रमितमाथि हुने भेदभाव अन्त्य गर्न जनचेतना बिस्तारमा जोड दिनु पर्ने आवश्यकता रहेको बताइन । विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा पापाले नेपालले एचआइभी संक्रमण दर घटाउनमा गरेको काम प्रशंसनिय भए पनि चुनौति बाकी नै रहेको बताइन ।
कार्यक्रममा राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिव ३० हजार एचआइभी संक्रमित रहेको जानकारी दिदै अवको चुनौति सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेकोमा जोड दिए । यो वर्षको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ रहेको बताउदै डा ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्न सकिने दावी गरे ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल