नेपाल क्यान्सर अस्पतालमा मनाइयो विश्व रेडियोग्राफी दिवस
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व रेडियोग्राफी दिवस मनाएको छ ।
बिहिबार अस्पतालमा एक कार्यक्रम गरी रेडियोग्राफी दिवस मनाइएको हो । कार्यक्रममा अस्पतालका रेडियसन अंकोलोजी विभागका प्रमुख डा गिसुप निख प्रसिखले स्वागत मन्तब्य दिएका थिए । यसैगरी अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सर उपचारमा रेडियोथेरापीको महत्वकोबारेमा जानकारी दिएका थिए । यसैगरी कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले पनि मन्तब्य राखेका थिए ।
कार्यक्रममा रेडियसन विभागमा कार्यरत डाक्टर तथा कर्मचारी सहभागी भएका थिए । ८ नोभेम्बर १८९५ मा एक्स रे विकिरण पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिखलाई विश्व रेडियोग्राफी दिवसको रुपमा मनाउने गरिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण