रेबिजविरुद्धको सुर्इ अभाव
सल्यान : यहाँका सरकारी स्वास्थ्य संस्थामा चार महीनादेखि रेबिजविरुद्धको सुर्इ अभाव छ। सरकारले निःशुल्क रूपमा वितरण गर्ने सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट ६०० रुपैयाँभन्दा बढी तिरेर खरिद गर्न बाध्य छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि भण्डारबाट समयमै आपूर्ति नहुँदा औषधि अभाव भएको अस्पतालले जनाएको छ। अस्पतालमा अभाव हुनेबित्तिकै पत्राचार गरे पनि अहिलेसम्म उपलब्ध नभएको अस्पताल प्रमुख डा.अर्जुन बुढामगरले बताए।
‘मागअनुसारको आपूर्ति नहुँदा अस्पतालमा सुई अभाव भएको छ’, उनले भने। एक पटक ५० वटा सुई पठाएको र एउटैलाई पाँच वटाका दरले लगाउँदा १० जनालाई मात्रै भएकाे उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण