युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
हेल्थ टिभी अनलाइन : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ। झण्डै एक महिनादेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीका माग पूरा हुने भएपछि सेवा प्रवाह र विद्यार्थीको पढाइ सुचारु भएको हो ।
कलेजकी प्रिन्सिपल प्राडा लक्ष्मी पाठकले विद्यार्थीलाई विभिन्न बहानामा मानसिक यातना दिने गरेको भन्दै आनदोलन सुरु गरेका विद्यार्थीले कलेजले पाठकलाई पदमुक्त गर्ने सहमतिगरेपछि आन्दोलन फिर्ता लिएका हुन् । योसँगै विद्यार्थी र कलेजबीच ६ बुँदै सहमति भएको छ ।
कलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित विद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा थिए । अब भने सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण